'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा

'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा

काठमाडौं : नेपाल राष्ट्र बैंकको उद्देश्यलाई आत्मसात गर्दै महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई दशैं, तिहारलक्षित 'महालक्ष्मी स्मार्ट साथी' सञ्चालनमा ल्याएको छ। डिजिटल बैंकिङ सेवाहरूको रूपान्तरणकारी परिवर्तन स्वरूप परम्परागत रुपमा उपलब्ध सेवाहरूमा थप विस्तार गरिएको हो। 

यस अन्तर्गत ग्राहकहरूले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत थप सुविधाहरू पाउने बताइएको छ। 

यसमा रियल टाइममा आठ लाखसम्म मुद्धती धितो कर्जाको सुविधा, अनलाइनमार्फत केवाईसी फारम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने, आफूले चाहेको बचत तथा मुद्धती खाता खोल्न आवेदन दिन सक्ने, एप्लिकेसन मार्फत कर्जाको आवेदन गर्न सक्नेलगायतका सुविधा छन्। 

यस एपको सुरुवात सँगै ग्राामीण तथा अर्ध सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रुपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

उक्त मोबाइल एप्लिकेशन प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ। एप्लिकेशन एप्पल स्टोर र प्लेस्टोर पनि उपलब्ध छ।

असोज २९, २०८१ बुधबार २१:०२:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।