रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्सको सहकार्यमा नेपालमै पहिलोपटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरू

रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्सको सहकार्यमा नेपालमै पहिलोपटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरू

काठमाडौं : रिपब्लिका दैनिक र द न्यूयोर्क टाइम्स प्रकाशनले नेपालमा पहिलो पटक ‘डिजिटल सब्सक्रिप्शन’ सुरू गरेका छन्। 

नेपाल रिपब्लिक मिडियाले प्रसिद्ध मिडिया द न्युयोर्क टाइम्ससँगको सहकार्यमा नागरिक दैनिक र रिपब्लिक डेलीको डिजिटल सदस्यता सुरू गरेको हो।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली र न्युयोर्क टाइम्स अन्तर्राष्ट्रियका अध्यक्ष स्टेफन डनबार जोन्सनले संयुक्त रूपमा नेपालमा न्युयोर्क टाइम्सको डिजिटल सब्सक्रिप्सनको सुरुवात गरे। 

अमेरिकी सञ्चार संस्था द न्युयोर्क टाइम्स र नेपाल रिपब्लिक मिडियाबीच डिजिटल पेवालमा सहकार्य गरी विभिन्न प्लाटफर्ममा आफ्ना प्रयोगकर्तालाई वृहत् पहुँच दिने भएका छन्।

अबदेखि न्युयोर्क टाइम्सका समाचार, खेल, पाककला, श्रव्य, वायरकटर, दि एथलेटिकलगायतका सामग्रीमा डिजिटल ग्राहकको पूर्ण पहुँच हुनेछ। यसबाट समाचारमा विशेष रिपोर्टिङका साथै सांस्कृतिक समाचार र विश्लेषण पनि प्राप्त गर्न सकिन्छ। 

नेपाल रिपब्लिक मिडिया मुलुकको पहिलो र एक मात्र पब्लिक लिमिटेड कम्पनी हो, जसको अहिले नेप्सेमार्फत् सेयर कारोबार भइरहेको छ। 

न्यूयोर्क टाइम्सका एक करोड ८ लाख अनलाइन ग्राहक रहेका छन्। अमेरिकामै मात्र रहेका यसका ८० प्रतिशत ग्राहकले प्रति महिना २५ अमेरिकी डलरका दरले वर्षेनि ३ सय अमेरिकी डलर भुक्तानी गर्छन्। 

रिपब्लिका र नागरिकका ग्राहकलाई माथिका सबै सुविधासहित वर्षेनि ३,५०० रूपैयाँमा यी सामग्री उपलब्ध गराइन्छ।

असोज २९, २०८१ बुधबार २०:३८:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।