प्रचण्डलाई ओलीको जबाफ 'दशैंपछि तुरून्त परिवर्तन हुन्छ रे, कुन दशैं भन्या?'

प्रचण्डलाई ओलीको जबाफ 'दशैंपछि तुरून्त परिवर्तन हुन्छ रे, कुन दशैं भन्या?'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला निराधार भएको भन्दै अहिलेको गठबन्धनको सरकार पूरै अवधि चल्ने दाबी गरेका छन्।

प्रहरी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिने गरेको भन्दै त्यसको पछाडि नलाग्न आग्रह गरे।

प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका विपक्षी दलका नेताहरूले केही समयपछि सरकार परिवर्तन हुन् सक्ने भन्दै सार्वजनिक टिप्पणी गर्दै आएका छन्। 

तर, यसको जबाफमा प्रधानमन्त्री ओलीले भने, ‘दशैंपछि तुरून्त परिवर्तन हुन्छ रे! कुनै दशैं भन्या? ०८४ को दशैंपछि चुनावमा? ठिकै हो।’

ठूलो योगदान र इतिहास बोकेका नेपाली कांग्रेस र एमाले मिलेर अहिले बनेको दुईतिहाइको सरकार खरानीको डल्लो नभएको उनको भनाई छ।

‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइको छ भन्ने सबैमा हेक्का रहोस्,’ उनले भने। 

उनले अब आफूले करिब एक वर्ष ९ महिना सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहोर्याए। 

देउवा नेतृत्वको सरकारले चुनाव गराउने भन्दै उनले ढुक्क रहन आग्रह गरे। 

नेपाल प्रहरीलाई सबल, सक्षम बनाउनेमा आफूहरूको ध्यान रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रहरीसम्बन्धी कानून छिट्टै पारित गर्ने बताए।

असोज २९, २०८१ बुधबार १८:४८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।