आफ्ना हमास नेताको हत्याको बदला लिन इजरायलमा आक्रमण गरेपछि के भन्छ इरान?

आफ्ना हमास नेताको हत्याको बदला लिन इजरायलमा आक्रमण गरेपछि के भन्छ इरान?

एजेन्सी : इरानका शीर्ष कूटनीतिज्ञले संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेर्रेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै राष्ट्रसंघलाई कारबाही गर्न आग्रह गरेको छ।  

इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो।

इजरायली रक्षामन्त्री योव ग्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताएका थिए।  

इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेर्रेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको लागि सबै प्रयास गरिरहेको जनाउँदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताए। 

अरागचीले राष्ट्रसंघलाई ‘इजरायली शासनको अपराध र आक्रामकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपील गरे। 
  
पछिल्लो समयमा इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गरेका छन्। 

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एक्समा यो घटनाक्रम इजरायल, इरान र हमासबीचको युद्धको पृष्ठभूमिमा आएको र एक वर्षभन्दा लामो समयदेखि उग्र हुँदै लेबनानसम्म विस्तार भएको बताए।  

असोज २९, २०८१ बुधबार १७:५१:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।