दशैं कसरी मनाए प्रचण्डले?

दशैं कसरी मनाए प्रचण्डले?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशैं आफ्नो प्राथमिकतामा नपरेको बताएका छन्। 

बुधबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा दशैंलाई आफूले पहिलेदेखि नै महत्व नदिएको तर परिवारका सदस्यहरुलाई साथ दिने गरेको प्रतिक्रिया दिए। 

‘जनयुद्धभरी र त्यसपछि पनि दशैं मेरो त्यति प्राथमिकतामा पर्दैन। यसलाई सामान्य रूपमै लिने गर्छु। घरमा परिवारका सदस्यहरू, छोराछोरी, नाति नातिनाहरूलाई टीका लगाउने गर्छन्। उनीहरुलाई सहयोग चाहीं गर्छु,’अध्यक्ष दाहालले भने।

अध्यक्ष दाहालले दशैंमा प्राय टीका लगाउने गरेका छैनन्। तर, २०७४ सालमा भने उनको निधारमा रातो टीका लगाएको तस्वीर सार्वजनिक भएको थियो। 

लाजिम्पाट निवासमा रहँदा उनले मामा ससुरा र सासुको हातबाट टीका लगाएको तस्वीर उनकी छोरी गंगा र छोरा प्रकाशले सार्वजनिक गरेका थिए। 

असोज २९, २०८१ बुधबार १५:५३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।