स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता

स्याङ्जा : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्याङ्जाको सुन्तला, कफी र पर्यटन प्रवर्धनसम्बन्धी सम्भाव्य योजना तथा कार्यक्रम बने सहकार्य गर्ने बताए।

स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा ढकालले १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना भएको र त्यसले काम सुरु गरिसकेको जानकारी गराउँदै स्वदेशी लगानीबाट पनि सकारात्मक सन्देश प्रवाह गर्न सकिने बताए।

‘जिल्ला जिल्लाका व्यवसायी साथीहरू लगानीका लागि अवसर खोजिरहनु भएको छ,’ उनले भने ‘त्यसलाई एकीकृत गर्ने हो भने पुँजीको कुनै समस्या हुँदैन।’

अध्यक्ष ढकालले यतिबेला बैकमा निक्षेप पर्याप्त छ, ब्याजदर निकै घटेकोले यस्तो बेला नेपालमा नै लगानीको अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए।

डेढ वर्षको अवधिमा लगानी प्रबद्र्धनका लागि देश भित्र र बाहिर आफूहरूले निरन्तर अभियान सञ्चालन गरेको बताउँदै उनले आफूहरूकै पहलमा सरकारले लगानी मैत्री वातावरण बनाउन ८ वटा कानुन संशोधन गरेको दाबी गरे।

असोज २९, २०८१ बुधबार १५:४१:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।