ट्रम्पको चुनावी अभियानका लागि एलन मस्कले तीन महिनामै दिए ७ करोड ५० लाख डलर

ट्रम्पको चुनावी अभियानका लागि एलन मस्कले तीन महिनामै दिए ७ करोड ५० लाख डलर

एजेन्सी : विश्वका सबैभन्दा धनी व्यक्ति मध्ये एक एलन मस्कले अमेरिकी रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा ७ करोड ५० लाख डलर सहयोग गरेका छन्।

सरकारी अनुसन्धानमा यो कुरा बाहिर आएको हो।

सरकारी अनुसन्धानमा खुलासा भएको जानकारी अनुसार एलन मस्कले डोनाल्ड ट्रम्पको सहयोगी अभियान समूह अमेरिका पीएसीलाई तीन महिनामा करिब ७ करोड ५० लाख डलर दिएका हुन्।

जुलाईमा ट्रम्पमाथि आक्रमण भएपछि एलन मस्कले उनलाई खुलेरै समर्थन गरेका थिए। तर, यसअघि पनि मस्कले ट्रम्पलाई धेरै मुद्दामा समर्थन गरेको देखिएको अनुसन्धानले देखाएको छ।

हालै पेन्सिलभेनियाको बटलरमा सम्पन्न ट्रम्पको र्यालीमा पनि मस्क सहभागी थिए। यो त्यही ठाउँ हो, जहाँ जुलाईमा ट्रम्पमाथि आक्रमण भएको थियो।

नोभेम्बर ५ मा हुन लागेको अमेरिकी राष्ट्रपति निवार्चनमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट उम्मेदवार छिन्।

रिपब्लिकन पार्टीले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उम्मेदवार घोषणा गरेको छ।

असोज २९, २०८१ बुधबार १४:०२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।