मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद अस्पताल भर्ना

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद अस्पताल भर्ना

एजेन्सी : मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ।

दुई पटक प्रधानमन्त्री भइसकेका महाथिरलाई ‘लगातार खोकी’ लागेपछि यसअघि जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

उनका सहयोगीका अनुसार उनलाई मंगलबार साँझ नेसनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ।

सुफी युसोफले भने, ‘अस्पतालले महाथिरलाई ‘लोअर रेस्पिरेटरी ट्रैक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ। उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ।’

महाथिर जुलाइदेखि ९९ वर्ष लागेका छन्। हालैका वर्षहरूमा उनको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उनले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराएका थिए।

सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री)को जिम्मेवारी सम्हाल्ने महाथिरले चौथो व्यक्ति थिए।

उनले २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

असोज २९, २०८१ बुधबार १३:३६:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।