सवारी दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्‍याएर भाग्ने चालक प्रहरी नियन्त्रणमा

सवारी दुर्घटनापछि घाइतेलाई अस्पताल पुर्‍याएर भाग्ने चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : सवारी दुर्घटनापछि फरार भएका एक चालकलाई प्रहरीले प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले सिसीटिभी फुटेज र घटनास्थलको प्राविधिक विश्लेषणका आधारमा ललितपुर महानगरपालिका-१ कुपण्डोलमा लुकेर बसेको अवस्थामा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मोरङको विराटनगर उपमहानगरपालिका-१७ घर भई हाल कुपण्डोल बस्ने ४० वर्षीय निरज विष्ट रहेका छन्।

विष्टका साथबाट बा३च ९४४ नम्बरको कारसमेत बरामद गरिएको प्रहरी परिसर काठमाडाैंका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

असोज २६ गते साँझ काठमाडौं महानगरपालिका-३२ तीनकुने गैरीगाउँमा सवारी दुर्घटना गरी सर्लाहीको कविलासी नगरपालिका-२ स्थायी घर भएका ५२ वर्षीय विनय रामलाई घाइते पारी सोही सवारी चालकले काठमाडौं मेडिकल कलेज पुर्याइ फरार भएका प्रहरीले जनाएको छ।

निजको उपचारका क्रममा यही असोज २७ गते मृत्यु भएको प्रहरीले जनाएको छ।

असोज २९, २०८१ बुधबार १२:३५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।