छ वर्षीय छोराको भीरबाट फालेर हत्या

छ वर्षीय छोराको भीरबाट फालेर हत्या

ढोरपाटन : बागलुङको ताराखोला गाउँपालिकाका स्थायी बासिन्दा केशव पुनले आफ्नो छ वर्षीय छोरालाई भीरमा आफलेर हत्या गरेका छन्।

उनले गएराति छ वर्षीय छोरा किस्मतलाई भीरबाट काठेखोलामा फालेको खबर प्रत्यक्षदर्शीले प्रहरीलाई गरेपछि उनी पक्राउ परेका थिए।

बजार क्षेत्र नजिकको भीरबाट उनले छोरालाई फालेका प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ परिचालन भएको प्रहरीले खोलाबाट बालकको शव बरामद गरेको थियो।

असोज २९, २०८१ बुधबार १२:०१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।