कर छलेर ल्याइएका १० लाख रुपैयाँको सामान बरामद

कर छलेर ल्याइएका १० लाख रुपैयाँको सामान बरामद

वीरगञ्ज : सशस्त्र प्रहरी बलले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ।

बरामद गरिएका सामानमा मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको  जानकारी दिए।

सशस्त्रले असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार आठ सय बराबरका कपडा बरामद गरेको थियो।

असोज २९, २०८१ बुधबार १०:३८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।