उत्तरी लेबनानमा इजरायली आक्रमणको छानबिन हुनुपर्ने संयुक्त राष्ट्रसंघले माग
एजेन्सी : संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा इजरायली आक्रमणको छानबिन गर्न माग गरेको छ।
उत्तरी लेबनानमा इजरायली हवाई आक्रमणमा २३ जनाको मृत्यु भएको छ।
संयुक्त राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता जेरेमी लरेन्सले इसाई बहुल गाउँ एटोमा इजरायली हमलाले मानवीय कानूनको गम्भीर चिन्ता खडा गरेको बताएका छन्।
इजरायली बमबारीमा मारिनेहरूमा १२ महिला र दुई बालबालिका पनि रहेको लरेन्सले बताए। मंगलबार ऐतो गाउँमा पनि उद्धारकर्मीहरूले भग्नावशेषबाट शव निकालिरहेका थिए।
यद्यपि, इजरायली सेना (आईडीएफ) ले आफूमाथि लागेको आरोप वा यो आक्रमणबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।
लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार गत हप्ता बिहीबार बेरुतको एक भवनमा इजरायली बमबारीमा २२ जनाको मृत्यु भएको थियो।
केही अन्य रिपोर्टहरूमा, यी आक्रमणहरू इरान समर्थित समूह हिजबुल्लाहका वरिष्ठ सदस्य वाकिफ सफालाई निशाना बनाइएकाले कुनै चेतावनी नदिइएकाे बताइएकाे छ।
यो आक्रमणमा ११७ जनाको मृत्यु भएको थियो।
असोज ३०, २०८१ बुधबार ०९:४७:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।