गाजामा मानवीय सहायता बढाउन इजरायललाई अमेरिकाको ३० दिने अल्टिमेटम
एजेन्सी : अमेरिकाले इजरायलललाई गाजामा मानवीय सहायताको पहुँच बढाउन ३० दिनको अल्टिमेटम दिएको छ।
त्यसो नभए सैन्य सहयोग रोक्ने उसको चेतावनी छ। अमेरिकाले आइतबार यो पत्र पठाएर चेतावनी दिएको हो।
यो अमेरिकाको इजरायललाई दिएको अहिलेसम्मकै सबैभन्दा कडा चेतावनी हो।
हालै इजरायलले गाजाको उत्तरी भागमा ठूलो मात्रामा आक्रमण गरेको थियो। इजरायली आक्रमणमा ठूलो संख्यामा मानिसहरू घाइते भएको बताइएको छ। त्यसपछि अमेरिकाले यो कदम चालेको हो।
अमेरिकाले लेखेको पत्रमा गाजा क्षेत्रमा बिग्रँदै गएको मानवीय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
इजरायलले उक्त क्षेत्रमा पठाइने ९० प्रतिशत मानवीय सहायतालाई रोकेको वा अवरुद्ध गरेको पनि पत्रमा उल्लेख गरिएको छ।
इजरायली अधिकारीका अनुसार इजरायलले हाल अमेरिकी पत्रको समीक्षा गरिरहेको छ र यसलाई गम्भीरतापूर्वक लिएको छ।
यद्यपि इजरायलले यसअघि गाजामा हमास लडाकुहरूलाई निशाना बनाएको र मानवीय सहायता रोक्न नसकेको बताएको थियो।
असोज ३०, २०८१ बुधबार ०८:५९:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।