पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर एक रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर चार रूपैयाँ वृद्धि गरेको हो। 

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा एक सय ४८.५०, दोस्रो वर्गमा एक सय ५० र तेस्रो वर्गमा एक सय ५१ कायम भएको छ। 

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ।  

असोज २८, २०८१ मंगलबार २१:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।