हतियार बोकी हिँडिरहेको छ भन्ने सूचनाको आधारमा तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

हतियार बोकी हिँडिरहेको छ भन्ने सूचनाको आधारमा तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर : जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ। 

काभ्रेपलान्चोकको पनौती नगरपालिका-१ स्थायी घर भई हाल सूर्यविनायक नगरपालिका-८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ।

प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए। 

म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरू गरिएको छ।   

असोज २८, २०८१ मंगलबार २०:२२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।