नेपाली सेनाले भन्यो 'लेबनानमा सबै नेपाली शान्ति सेना सुरक्षित छन्'

नेपाली सेनाले भन्यो 'लेबनानमा सबै नेपाली शान्ति सेना सुरक्षित छन्'

काठमाडौं : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। 

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए। 

उनले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशअनुसार नेपाली शान्ति सैनिक खटाइने बताए। 

'शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसंघको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ', सैनिक प्रवक्ता केसीले भने। 

हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सेना छन्। 

असोज २८, २०८१ मंगलबार १६:३५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।