दशैं विदापछि खुले सरकारी कार्यालय तर, सुनसान छन् मन्त्रालय (तस्बिरहरू)

दशैं विदापछि खुले सरकारी कार्यालय तर, सुनसान छन् मन्त्रालय (तस्बिरहरू)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : दशैँ बिदामा बन्द रहेका सरकारी तथा सार्वजनिक संस्थान लगायतका कार्यालयहरू खुलेका छन्। तर, देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार भने सुनसान नै छ।

आज बिहान ११ बजे सिंहदरबारस्थित मन्त्रालयमा छिटपुट्ट मात्र कर्मचारीहरू देखिए। सिंहदरबारभित्रका सडकहरूमा न्यून मात्रामा सवारी साधन गुडेको देखिन्थ्यो। मन्त्रीका गाडीहरू हुइँकिएपनि कर्मचारीहरूको उपस्थिति न्यून थियो। 

फूलपातीका दिनदेखि द्वादशीसम्म बन्द रहेका मन्त्रालयका ढोका खुलेपनि सबै मन्त्रालयका शाखा वा महाशाखाका कार्यकक्षमा कर्मचारीको उपस्थिति न्यून देखिन्थ्यो।

मानिसहरूको आवतजावत भने बाक्लिएको छ। टाढा घर भएका कर्मचारीहरू काठमाडौं आइ नपुगेकाले मन्त्रालयहरू सुनसान रहेको कर्मचारीहरूले बताए।  

तर, दशैँमा गाउँ गएकाहरू फर्कन थालेसँगै शहर बजार र सडकमा भने भीडभाड बढेको छ। आवतजावतका लागि सडकहरू असहज भएकाले केही असजिलो भएको छ। 

दशैंको मुखमा प्राकृतिक विपत्तिका कारण धेरै राजमार्ग एवं सडकहरू पूर्ण रुपले संचालनमा आइसकेका छैनन्।

असोज २८, २०८१ मंगलबार १६:१५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।