दक्षिणी लेबनानबाट शान्ति सैनिक हटाउने विषयमा इजरायल र राष्ट्रसंघबीच तनाव

दक्षिणी लेबनानबाट शान्ति सैनिक हटाउने विषयमा इजरायल र राष्ट्रसंघबीच तनाव

एजेन्सी : दक्षिणी लेबनानबाट शान्ति सेनालाई हटाउने विषयमा इजरायल र संयुक्त राष्ट्रसंघबीच तनाव भएको छ।

संयुक्त राष्ट्रसंघ त्यहाँबाट शान्ति सेनालाई नहटाउने पक्षमा हुँदा इजरायलले संयुक्त राष्ट्रसंघलाई त्यहाँबाट आफ्ना सेना फिर्ता गर्न पटक-पटक आग्रह गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति सेना परिचालनका प्रमुख जीन पियरे ल्याक्रोइक्सले न्यूयोर्कमा पत्रकारहरूमाझ भने, ‘लेबनानबाट संयुक्त राष्ट्र अन्तरिम बल (युनिफिल)ले आफ्ना सेना फिर्ता गर्दैन।’

युनिफिलको यो निर्णयलाई संयुक्त राष्ट्र सुरक्षा परिषद् र यस मिसनलाई आर्थिक सहयोग गर्ने देशहरूले समेत पूर्ण समर्थन जनाएको छ।

आइतबार, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले कडा रूपमा यूनिफिलले दक्षिण लेबनानबाट आफ्नो शान्ति सेना फिर्ता गर्नुपर्ने बताएका थिए।

उनले यी सैनिकहरूले हिजबुल्लाह लडाकुहरूका लागि ढालको रूपमा काम गरिरहेको उनको आरोप थियो।

लेबनानमा दश हजार शान्ति सैनिकहरूमा नेपाल लगायतका ५० भन्दा बढी देश सहभागी छन्।

युनिफिल शान्ति मिसन सन् १९७८ मा गठन भएको थियो। यो यस क्षेत्रमा छिमेकी देशहरू बीचको दुश्मनी रोक्न र दक्षिणी लेबनानका मानिसहरूलाई मानवीय सहायता प्रदान गर्न गठन गरिएको थियो।

संयुक्त राष्ट्रसंघले गत हप्ता इजरायली सेनाले आफ्नो स्थानमा धेरै पटक आक्रमण गरेको बताएको थियो।

असोज २८, २०८१ मंगलबार १४:००:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।