ससुरालीमा घाँस काट्न जाँदा बेहोस भएका पुरुषको उपचारको क्रममा मृत्यु

ससुरालीमा घाँस काट्न जाँदा बेहोस भएका पुरुषको उपचारको क्रममा मृत्यु

काठमाडौं : ससुरालीको बारीमा घाँस काट्न जाँदा बेहोस भएका दोलखामा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

दोलखा भिमेश्वर नगरपालिका-३ चरिघ्याङ घर भई दोलखाकै मेलुङ गाउँपालिका-६ डाँडाखर्कस्थित ससुरालीमा घाँस काट्न जाँदा ३५ वर्षीष अजित लामा बेहोस भएका थिए।

घाँस काट्ने क्रममा अचानक बेहोस भएका उनलाई उपचारका लागि चरिकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोट दोलखा लगिएकोमा दिउँसो साढे चार बजे डाक्टरले मृत घोषणा गरेका थिए।

उनी दिउँसो साढे १२ बजे बेहोस भएका थिए।

असोज २८, २०८१ मंगलबार १०:३४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।