सुर्खेतमा गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेतमा गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

काँक्रेविहार : सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

सोमबार साँझ साढे ६ बजेतिर दैलेख चोकबाट आउँदै गर्दा कालिन्चोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको थियो।

अस्पतालमा उपचारका क्रममा राति आठ बजे उहाँको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए।

असोज २८, २०८१ मंगलबार ०८:५१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।