एनपिएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासनायके नियुक्त

एनपिएल : जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा पुबुदु दासनायके नियुक्त

काठमाडौं : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम जनकपुर बोट्सले आफ्नो मुख्य प्रशिक्षकमा पूर्व नेपाली प्रशिक्षक पुबुदु दासनायकेलाई नियुक्त गरेको छ।

जनकपुर बोल्ट्सले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्मबाट यसबारे जानकारी दिएको हो।

नेपाललाई पहिलो पटक टी२० विश्वकपमा पुर्याउने मुख्य प्रशिक्षक दासनायके अहिले क्यानडा क्रिकेटको मुख्य प्रशिक्षकका रूपमा आबद्ध छन्।

नोभेम्बर ३० देखि हुने खेलका लागि जनकपुरले आफ्नो टिममा ११ खेलाडी समावेश गरिसकेको छ। जनकपुरको मार्की प्लेयर आशिफ शेख रहँदा ललित राजवंशी, अनिल शाह, किशोर महतो, शेर मल्ल, आकाश त्रिपाठी, हेमन्त धामी लगायतका मुख्य खेलाडीहरू यो टिममा छन्।

टिमका लागि चार विदेशी खेलाडी छनोट गर्न बाँकी छ भने एक स्थानीय खेलाडी ट्यालेन्ट हन्टबाट ल्याइनेछ।

असोज २८, २०८१ मंगलबार ०८:२०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।