गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौं : सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका-८ का ५० वर्षका महेश पौडेल रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

आज साँझ साढे ६ बजेतिर दैलेखचोकबाट आउँदै गर्दा कालिनचोकमा भे ५ प ४०४२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो। दुर्घटनामा परी गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको थियो। 

अस्पतालमा उपचारका क्रममा राति आठ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख एसपी वकिल सुनारले जानकारी दिए।  

असोज २७, २०८१ सोमबार २२:१४:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।