अवैध सिसौँको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ

अवैध सिसौँको काठ लोड गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ

काठमाडौं : कपिलवस्तुको विजयनगर गाउँपालिका-६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ। 

आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय  दुर्गाप्रसाद आरख समेतलाई पक्राउ गरिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए। 

चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा काठ, ट्याक्टर र त्यसमा सङ्लग्न खानलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।  

असोज २७, २०८१ सोमबार १५:०८:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।