सादा पोसाकको घुमुवा प्रहरी हुँदै भन्दै पैसा उठाइ हिँड्ने एकजना पक्राउ

सादा पोसाकको घुमुवा प्रहरी हुँदै भन्दै पैसा उठाइ हिँड्ने एकजना पक्राउ

रौतहट : जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका नाममा घुमुवा हुँ भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। 

जिल्ला प्रहरी प्रमुख एसपीका नाममा घुमुवा हुँ भन्दै स्थानीय व्यापारीबाट पैसा असुली गरिरहेको भन्ने सूचनाका आधारमा रौतहट जिल्ला परोहा नगरपालिका- २ लालबकैयाका ३५ वर्षीय बैठालाई गएराति पक्राउ गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिए। 

सादा पोसाकको घुमुवा प्रहरीका रूपमा रौतहट जिल्लामा ठगी धन्धामा संलग्न बैठाको साथबाट २२ पोका गाँजा, नाइट्रोभेट ट्याब्लेट १० चक्की, कोकस डिएक्स–एक बोतल, मोबाइल एक थान, नगद १७ हजार ९०० र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपककुमार रायले बताए। 

आपराधिक गतिविधिमा संलग्न बैठालाई अहिले इलाका प्रहरी कार्यालय गरुडामा राखी थप अनुसन्धान भइरहेको रौतहट प्रहरी कार्यालयले जनाएको छ। 

असोज २७, २०८१ सोमबार १४:५२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।