हिजबुल्लाहद्वारा इजरायली सैन्य शिविरमा आक्रमण : चार सैनिकको मृत्यु, ६० जना घाइते

हिजबुल्लाहद्वारा इजरायली सैन्य शिविरमा आक्रमण : चार सैनिकको मृत्यु, ६० जना घाइते

एजेन्सी : उत्तरी इजरायलमा इजरायल डिफेन्स फोर्स (आईडीएफ)को सैन्य शिविरमा भएको आक्रमणमा चार सैनिककाे मृत्यु भएको छ।

हिजबुल्लाहले जिम्मेवारी लिएको यो आक्रमणमा ६० जना भन्दा बढी घाइते भएको आईडीएफले जनाएको छ।

उत्तरी इजरायलको हाइफा शहरबाट ३३ किलोमिटर टाढा रहेको बिन्यामिन नजिकैको आधार शिविरमा आक्रमण गरिएको आईडीएफले जनाएको छ।

हिजबुल्लाहको मिडिया कार्यालयले बिहीबार इजरायली सेनाले दक्षिणी लेबनान र बेरुतमा आक्रमण गरेको जनाएको छ। त्यसको प्रतिक्रियास्वरूप यो ड्रोन आक्रमण गरिएको हो।

इजरायली एम्बुलेन्स सेवा एमडीएले यस आक्रमणमा ६१ जना घाइते भएको जनाएको छ।

३७ घाइतेलाई एम्बुलेन्स वा हेलिकप्टरबाट ८ क्षेत्रीय अस्पतालमा लगिएको छ।

असोज २७, २०८१ सोमबार ०७:५६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।