दशैंमा ससुराली गएका ४० वर्षीय पुरूषको नुहाउने क्रममा नदीले बगाएर ज्यान गयो

दशैंमा ससुराली गएका ४० वर्षीय पुरूषको नुहाउने क्रममा नदीले बगाएर ज्यान गयो

काठमाडौं : तनहुँको व्यास नगरपालिका-६ श्याम्घास्थित मादी नदीमा नुहाउने क्रममा आज एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा नवलपुरको गैँडाकोट नगरपालिका-२ बस्ने ४० वर्षीय नारायण पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

नदीले बगाएको स्थानदेखि एक किलोमिटर तल पोख्रेलको शव फेला परेको इन्स्पेक्टर मुनेन्द्र थापाले जानकारी दिए। 

दशैंमा ससुराली गएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो। स्थानीय र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो।  

असोज २६, २०८१ आइतबार १८:२६:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।