विगतका दशैंहरू भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)

विगतका दशैंहरू भन्दा यसबर्ष बढी चहलपहल देखियो काठमाडौं उपत्यका (तस्बिरहरू)
तस्बिर : नेपाल न्युज बैंक

काठमाडौं : दशैंमा यसबर्ष काठमाडौं उपत्यकामा तुलनात्मक रुपमा चहलपहल बढी देखिएको छ। विगत वर्षका दशैंमा भन्दा यस बढी चहलपहल देखिएको हो। फूलपातीदेखि नै सुनसान हुने काठमाडौंका सडकहरू विगतको तुलनामा बढी चहलपहल देखिए। 

असोज दोस्रो साता परेको अविरल बर्षापछि आएको बाढी पहिरोले उपत्यकाबाट बाहिरिने धेरै सडक बिग्रिएकाले काठमाडौं छाड्नेहरूको संख्यामा कमी आउँदा यस्तो चहलपहल देखिएको हो। 

चहलपहलका कारण सडकमा सार्वजनिक र निजी सवारी साधन पनि बढी गुडेको देखिन्थ्यो। ट्राफिक प्रहरी कार्यालयले पनि यस वर्ष विगत वर्षभन्दा बढी सवारी साधन सडकमा गुडेको जनाएको छ।

बाढी पहिरोले बिग्रिएको सडक बनिसकेपनि फेरि समस्या पर्न सक्ने भन्दै यस वर्ष कमै यात्रुमात्र राजधानी बाहिर गएका हुन्। यातायात व्यवसायीहरूले पनि यसबर्ष २० लाख मानिसले काठमाडौं छाड्ने भनिए पनि करिब १३ लाख मात्र बाहिरिएको बताए।

 

 

 

असोज २६, २०८१ आइतबार १६:०२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।