टीका जमरा थाप्ने क्रम आज पनि

टीका जमरा थाप्ने क्रम आज पनि

काठमाडौं : विजया दशमी भोलिपल्ट आज पनि दशैंको टीका जमरा थाप्ने क्रम जारी छ।

विजयादशमीको दिन टीका थाप्न नभ्याएकाले आज बिहानैदेखि आफन्त तथा मान्यजनका हातबाट टीका जमरा थापिरहेका छन्।

नवदुर्गा भवानीको प्रसादका रूपमा मान्यजनको हातबाट आशीर्वाद लिँदा समृद्धि बढ्ने जनविश्वास रहेको छ।

असत्यमाथि सत्य र दानवी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा मनाइने विजया दशमीलाई हिन्दू धर्मावलम्बीको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ।

मध्यपश्चिम र सुदूरपश्चिमका केही जिल्लामा भने दशमीको दिनमा मात्रै टीका थाप्ने प्रचलन छ।

राजधानीलगायतका अन्य स्थानमा भने कोजाग्रत पूर्णिमाको दिनसम्म टीका जमरा थाप्ने क्रम जारी रहने छ।

असोज २६, २०८१ आइतबार ०९:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।