राति एक बजे बञ्चरो प्रहार गरेर श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

राति एक बजे बञ्चरो प्रहार गरेर श्रीमतीको हत्याको आरोपमा श्रीमान् पक्राउ

सुदूरपश्चिम : कैलालीमा बञ्चरो प्रहार गरेर एकजनाले श्रीमतीको हत्या गरेका छन्। 

गएराति राति एक बजेतिर चुरे गाउँपालिका-६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका हुन्। 

उनले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। 

डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ।  

असोज २५, २०८१ शनिबार २२:२६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।