रामको ससुराली जनकपुरमा रावण बध गरियो

रामको ससुराली जनकपुरमा रावण बध गरियो


महेन्द्रनगर (धनुषा) : विजया दशमीको अवसरमा जनकपुरधाममा रावण बध गरिएको छ। भगवान् रामको ससुराली मानिने जनकपुरधाममा मेला हेर्न विभिन्न स्थानबाट भक्तजन जम्मा भएका थिए।

भगवान् रामले असत्यमाथि विजय प्राप्त गरेको खुसीयालीमा जनकपुरधाममा प्रत्येक वर्ष रावण बध मेला लाग्ने गर्छ। विजय दशमीको टिकाको पहिलो दिन साँझ रावण, मेघनाथ, कुम्भकर्णको प्रतिमा निर्माण गरी राम मन्दिरका महन्त बाबा राम गिरीले रावण बध गरेका थिए।

जनकपुरधामस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावणको प्रतिमा निर्माण गरिएको थियो। महावीर युवा कमिटी जनकपुरधामको आयोजनामा पछिल्लो १५ वर्षदेखि रावण वध कार्यक्रम हुँदै आएको छ।

असोज २५, २०८१ शनिबार २२:०१:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।