दशैँमा भुईँ छाड्ने प्रचलन, तर दुर्लभ हुँदै गयो लिङ्गे पिङ

दशैँमा भुईँ छाड्ने प्रचलन, तर दुर्लभ हुँदै गयो लिङ्गे पिङ

काठमाडौँ : दशैँका विभिन्न संस्कृति अनुसार एक पटक भुईँबाट खुट्टा छाड्ने पनि हो। दशैँमा एक दिन भुईँबाट खुट्टा छोड्नुपर्ने मान्यता अनुसार पिङ चढ्ने गरिन्छ।

रोटेपिङसँगै लिङ्गे पिङको समेत प्रचलन छ। तर पछिल्लो समय रोटेपिङ दुर्लभ प्राय भइसकेको छ। घना शहरी क्षेत्रमा लिङ्गे अनि रोटे दुवै पिङ हराइसकेका छन्। खुल्ला स्थान भएका ठाउँहरूमा भने बाँसको लिङ्गो राखेर अहिले पनि पिङ हाल्ने चलन जारी नै छ।

भगवतीको अर्चना गरेर शक्ति आर्जन गरेसँगै टीका लगाएर राजाहरु अर्को राज्य हमला गर्न जाने समयमा एकपटक धर्ती छोड्न पिङ खेल्ने प्रचलन शुरु भएको एक पक्षको तर्क देखिन्छ। अर्को पक्षबाट हेर्दा भने दशैँमा मनोरञ्जनका लागि पिङको प्रचलन शुरु भएको देखिन्छ।

शनिवार दशैँको टिकाको दिन भक्तपुरको चाँगुनारायणमा पुग्दा लिङ्गे पिङमा रमाउनेहरु टन्नै थिए।

 

असोज २६, २०८१ शनिबार २१:४९:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।