काभा भलिबलको फाइनलमा नेपाल पराजित,उपाधि उज्बेकिस्तानलाई

काभा भलिबलको फाइनलमा नेपाल पराजित,उपाधि उज्बेकिस्तानलाई

काठमाडौँ : नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा उज्बेकिस्तानसँग पराजित भएको छ।    

श्रीलङ्काको कोलम्बोमा शनिवार भएको फाइनलमा उज्बेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएको हो। खेलको सुरुवाती पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो।

खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो।  समूह चरणको अन्तिम खेलमा तुर्कमेनिस्तानलाई हराउँदै नेपाल फाइनमा पुगेको हो।

नेपालले समूह चरणमा श्रीलङ्का, तुर्केमिनिस्तान र मालदिभ्सलाई हराएको थियो भने किर्गिस्तान र उज्बेकिस्तानसँग पराजित भएको थियो।    
श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्किमिनिस्तान, माल्दिभ्स, किर्गिस्तान र उज्बेकिस्तान सहभागी थिए। प्रतियोगिता असोज २० गतेदेखि सञ्चालन भएको थियो।

असोज २५, २०८१ शनिबार २१:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।