नेपालबाट बाहिरियो मनसुन, दशैंमा नहुने भयो वर्षा

नेपालबाट बाहिरियो मनसुन, दशैंमा नहुने भयो वर्षा

काठमाडौं : यस वर्षको मनसुन आजदेखि पूर्णरूपमा बाहिरिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज २० देखि बाहिरिन सुरू गरेको मनसुन आजदेखि पूर्णरूपमा बहिर्गमन भएको हो। 

आज अपराह्न एक सूचना जारी गर्दै विभागले बाँकी रहेका बागमती, मधेश प्रदेश र कोशी प्रदेशबाट पनि आज बाहिरिएसँगै मनसुन देशबाटै बाहिरिएको हो।

यसअघि असोज २० मा सुदूरपश्चिम तथा कर्णाली र लुम्बिनीका केही भागबाट तथा असोज २२ मा कर्णाली, लुम्बिनी, गण्डकी र काठमाडौं उपत्यकाबाट पूर्ण रूपमा र बागमती र मधेस प्रदेशमा आंशिकरूपमा मनसुन बाहिरिएको थियो। आज भने मधेश र बागमतीका बाँकी भाग र कोशीबाटसमेत मनसुन बाहिरियो। यो सँगै दशैंमा अब वर्षाको सम्भावना टरेको छ। 

यसपालि मनसुन ढिला गरी जेठ २८ मा भित्रिएको थियो भने चार दिन ढिला गरी बाहिरिन सुरू भएकामा छ दिनपछि पूर्णरूपमा बाहिरिएको विभागले जनाएको छ। 

असोज २५, २०८१ शनिबार १७:३२:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।