प्रधानमन्त्री ओलीका दुई रूप : आफूले टीका लगाए, बाढी-पहिरोको बहाना देखाएर सर्वसाधारणलाई टीका लगाइदिएनन्

प्रधानमन्त्री ओलीका दुई रूप : आफूले टीका लगाए, बाढी-पहिरोको बहाना देखाएर सर्वसाधारणलाई टीका लगाइदिएनन्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साइतमै दशैंको टीका लगाए। उनले बुबा मोहनप्रसाद ओलीको हातबाट टीका ग्रहण गरेका हुन्। 

प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवारजनलाई पनि टीका लगाइदिए। उनको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले घरमा टीका तथा आशीर्वाद ग्रहण गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका ग्रहण गर्ने छन्। 

तर, प्रधानमन्त्री ओलीले आफू र आफ्नो परिवारले दशैंको अवसरमा टीका लगाएर दशैं मनाएको भएपनि प्रधानमन्त्रीका रूपमा सर्वसाधारणलाई भने टीका नलगाई दिने भएका छन्। 

बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद्का कारण प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम भने नरहेको सचिवालयले जनाएको छ। 
 
विपद्मा घरबारहीन भएका आम नागरिकले पाल पनि नपाइरहेको बेलामा विवादित व्यवसायीसँग दान लिएर आफ्नो पार्टी कार्यालयको शिलान्यास गरेका प्रधानमन्त्री ओलीले भने बाढी पहिरोका दुखका कारण सर्वसाधारणलाई टीका नलगाइदिने बताए।  

असोज २५, २०८१ शनिबार १४:२४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।