राष्ट्रपति र प्रधानमन्त्रीले साइतमै लगाए दशैँको टिका

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले साइतमै दशैँको टिका लगाएका छन्।
पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा दशैँको टीका, प्रसाद, जमरा र आशीर्वाद लिए। राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद लगाएका थिए।
यस वर्षको दशैँको शुभ साइत ११ बजेर ३६ मिनेटमा थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा मोहनप्रसाद ओलीको हातबाट टीका लगाए। साथै प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्य तथा अन्य परिवारजनलाई टीका लगाइदिएका थिए।
असोज २६, २०८१ शनिबार १३:२२:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।