चेन्नई सुपर किंग्सका ब्याटिङ कोच पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त

चेन्नई सुपर किंग्सका ब्याटिङ कोच पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौं : नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले चेन्नई सुपर किंग्सका ब्याटिङ र फिल्डिङ कोच राजिव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

लिगले शुक्रबार सामाजिक सञ्जालमार्फत एक घोषणा गर्दै यसबारे जानकारी गराएको हो। राजिव कुमार भारतको घरेलु प्रतियोगितामा हिमाचल प्रदेशको मुख्य कोचको रुपमा काम गर्र्दै आएका थिए।

यसका अलावा सन् २०१६ देखि २०१८ सम्म ‘भारत ए’ टिमको मुख्य प्रशिक्षक रहेका उनले सन् २०१७ मा इन्डिया ब्लू टिमको मुख्य प्रशिक्षक भएका थिए।

कुशल भुर्तेल मार्की खेलाडी रहेको टिमका लागि अक्सनबाट आकाश चन्द, दिलिप नाथ, अमृत गुरुङ लगायतका खेलाडीलाई सामेल गरेको थियो। 

असोज २५, २०८१ शनिबार ०९:२९:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।