बंगलादेशको ढाकामा दुर्गा पण्डालमा पेट्रोल बम प्रहार, चक्कु प्रहारबाट पाँच जना घाइते

बंगलादेशको ढाकामा दुर्गा पण्डालमा पेट्रोल बम प्रहार, चक्कु प्रहारबाट पाँच जना घाइते

एजेन्सी : बंगलादेशको ढाकास्थित तान्तीबजारमा रहेको दुर्गा पण्डालमा शुक्रबार राति एक व्यक्तिले पेट्रोल बम प्रहार गरिएको थियो। यद्यपि बम विस्फोट भने भएन।

पण्डालको सुरक्षामा खटिएका व्यक्तिले बम प्रहार गर्ने व्यक्तिलाई पक्रन खोज्दा अन्य केही व्यक्ति अगाडि आएर पाँच जनामाथि चक्कु प्रहार गरेका थिए।

बम प्रहारको घटना सिसिटिभीमा कैद भएको छ। विवाद चर्किदै गएपछि कोट्याली प्रहरीले घटना चोरीको घटनासँग जोडिएको जनाएको भन्दै बम प्रहारजस्तो केही नभएको बताएको छ।

राति करिब ८ बजेतिर पण्डालमा रहेका एक महिलाको चेन केही चोरले चोरेको कोट्याली प्रहरी चौकीका ओसी इनमुल हसनले बताए।

त्यहाँ उपस्थित मानिसहरूले चोरहरूलाई रोकेपछि उनीहरूले ५ जनालाई छुरी प्रहार गरेको उनको भनाइ छ। आक्रमणकारीले बोतल हाने पनि विस्फोट नभएको प्रहरीले जनाएको छ।

यसैबीच, महानगरीय प्रहरी प्रमुख रजाउल करीम मल्लिकले बोतलमा मट्टीतेल रहेको स्वीकार गरेका छन्।

उनले भने, ‘तान्तीबजारको १७ नम्बर मञ्चमा दुर्घटना भएको हो। मण्डपमा चोरीको घटना भएको थियो, त्यसपछि चक्कु प्रहारबाट ५ जना घाइते भएका थिए, तर त्यही क्रममा बोतल पनि प्रहार भएको थियो। बोतलमा मट्टितेल थियो।’

असोज २५, २०८१ शनिबार ०८:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।