चोभारको भीरमा चङ्गा प्रेमीको रमाइलो ( फोटो स्टोरी )

चोभारको भीरमा चङ्गा प्रेमीको रमाइलो ( फोटो स्टोरी )

काठमाडौँ : दशैं र चङ्गाको सम्बन्ध बढो गजबको भए पनि अहिले भने आकाश रित्तै समान छ। बढ्दो शहरीकरणसँगै अहिलेको युवा पुस्ता चङ्गा भन्दा डिजिटलतिरै रमाउँदा आकाश चङ्गाहीन बनिरहेका छन्।

केही खुल्ला ठाउँमा भने अहिले पनि चङ्गा उडाउनेहरूको राम्रै जमघट देखिन्छ। यस्तै एक स्थान हो चोभारको चङ्गा उडाउने भीर। खुल्ला ठाउँ अनि मजाले हावा चल्ने भएकाले त्यहाँ चङ्गा उडाउनेहरू राम्रै जमघट हुन्छ।

यसपालि पनि त्यहाँ चंगा प्रेमीहरुको राम्रै जमघट थियो। उकेराकर्मी शुक्रवार चोभार पुग्दा बालबालिकादेखि युवासम्मले रङ्गिन चङ्गा उडाएर रमाइलो  गरिरहेका थिए। शरद ऋतुको सफा आकाश, शीतल हावा, र मनोरम दृश्यले दशैँलाई विशेष बनाइरहेको थियो।

 

असोज २४, २०८१ शुक्रबार २०:२०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।