बाढीपहिरोका कारण काठमाडौं छाड्नेको संख्या घट्यो, आजसम्म १३ लाख मानिस बाहिरिए

बाढीपहिरोका कारण काठमाडौं छाड्नेको संख्या घट्यो, आजसम्म १३ लाख मानिस बाहिरिए

काठमाडौं : एक सातामा काठमाडौं उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आजसम्म १३ लाख बढीको संख्यामा मान्छेहरूले उपत्यका छोडेका छन्। 

१८ लाख मानिस दशैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासंघका अध्यक्ष विजय स्वारले जानकारी दिए। 

अघिल्लो वर्षको दशैंमा १८ लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए।  

असोज २४, २०८१ शुक्रबार १५:३५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।