बीपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोमा टाटा सुमो पुरियो

बीपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोमा टाटा सुमो पुरियो

काठमाडौँ । बीपी राजमार्गको काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोमा टाटा सुमो पुरिएको छ। पहिरोका कारण सवारीसाधन चल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिपी राजमार्ग पिप्लेमा सुख्खा पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ भने पहिरोमा खोटाङ चल्ने ना १ ज ६११७ नम्बरको सुमो पुरिएको छ।

सडक सञ्चालनमा ल्याउने तयारी गरिएको थियो । तर सुख्खा पहिरो खसेकाले सडकमा आवागमन रोकिएको छ।

प्रहरीका अनुसार बीपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोकको रोशी गाउँपालिका-९ नार्के देखि रोशी गाउँपालिका ११ मंगलटारसम्मको सडकखण्डमा सवारी साधन चल्न सकेका छैनन्। 

असोज २४, २०८१ शुक्रबार १४:५८:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।