दशैं विशेष : आज र भोलि नेपाल प्रहरीले निःशुल्क बस संचालन  गर्ने

दशैं विशेष : आज र भोलि नेपाल प्रहरीले निःशुल्क बस संचालन  गर्ने

काठमाडौं : नेपाल प्रहरीले दशैंमा सर्वसाधारणको यातायात सुविधालाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा निःशुल्क बस संचालन गरेको छ।

प्रहरीले शुक्रबार र शनिबारका लागि काठमाडौं उपत्यकाका दुई रूटमा निःशुल्क बस संचालन गरेको हो। प्रहरीले त्यसका लागि रूट तोकेरै दुई वटा बस संचालन गरेको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले दशैंमा सार्वजनिक यातायात कम चल्ने हुँदा सर्वसाधारणको सुविधालाई ध्यानमा राखेर निःशुल्क बस सेवा संचालन गरिएको हो।

प्रहरीले हरेक वर्षको दशैंमा सर्वसाधारणको सुविधाका लागि बस सेवा संचालन गर्दै आइरहेको छ। 

असोज २४, २०८१ शुक्रबार १४:५८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।