जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो

जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो

धनुषा : जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरमा यस वर्ष १५ हजार चार वटा बोकाको बलि दिइएको छ। 

मन्दिरमा महाष्टमी तिथिअनुसार बिहिबार साँझ ८ः३९ देखि करिब ८ घण्टासम्म सो सङ्ख्यामा बलि प्रदान गरिएको आयोजक महावीर युवा कमिटीले जनाएको छ। 

रसिद काटेर १४ हजार ६५२, कमिटीको नौ, नेपाल सरकारका विभिन्न निकायबाट ९३ र निःशुल्क रूपमा दुई ५० बोकाको बलि दिइएको समितिका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए। 

गत वर्ष १५ हजार २५१ बोका बलि दिइएको थियो।  

असोज २४, २०८१ शुक्रबार १४:१४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।