राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा नौ जना कन्याको विधिपूर्वक पूजा गरेका छन् ।
    
राष्ट्रपति भवनमा उनले कन्याहरूको पूजा  गरेका हुन्। नवरात्रमा दुर्गादेवीका नौ रूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि महागौरी र सिद्धिदात्रीको पूजार्चनासँगै ती देवीका प्रतीक मानेर राष्ट्रपति दम्पतीले नौ कन्याको पूजा गरेका थिए । 

असोज २४, २०८१ शुक्रबार १३:१५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।