बाराक ओबामाले कमला ह्यारिसको लागि भोट मागे

बाराक ओबामाले कमला ह्यारिसको लागि भोट मागे

एजेन्सी : अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पेन्सिलभेनियाको पिट्सबर्गमा डेमोक्रेटिक पार्टीको राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसलाई भोट दिन आग्रह गरेका छन्।

बराक ओबामाले जनतालाई अपील गर्दै भने, ‘बाहिर जानुहोस् र कमला ह्यारिसलाई भोट गर्नुहोस्।’

ओबामाले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा हुने पनि बताए।

आफ्नो सम्बोधनका क्रममा पूर्व अमेरिकी राष्ट्रपतिले कमला ह्यारिसलाई उनको नीतिका लागि मात्र नभई उनको मूल्यमान्यता र सिद्धान्तका लागि पनि मतदान गर्न आग्रह गरे।

कमला ह्यारिसको समर्थन जुटाउनुका साथै बराक ओबामाले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरे।

उनले अर्थव्यवस्था र गर्भपतन लगायतका धेरै मुद्दाहरूमा ट्रम्पलाई घेरेका थिए। यसबाहेक उनले सेप्टेम्बर १० मा भएको राष्ट्रपतिय बहसलाई लिएर पनि ट्रम्पको आलोचना गरेका थिए।

उनले स्वास्थ्य सेवाबारे ट्रम्पसँग कुनै ठोस योजना नभएको बताए। तर ह्यारिससँग अमेरिकाको लागि ‘वास्तविक योजनाहरू’ छन्।

असोज २४, २०८१ शुक्रबार ०९:१२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।