अमेरिकामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

अमेरिकामा मिल्टन आँधीका कारण १६ जनाको मृत्यु

एजेन्सी : अमेरिकी अधिकारीहरूले मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन्।

अधिकारीहरूले आगामी दिनमा मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना पनि व्यक्त गरेका छन्।

फ्लोरिडाको एउटा अपार्टमेन्ट कम्प्लेक्सबाट करिब ४०० जनाको उद्धार गरिएको छ। अपार्टमेन्टमा करिब २००० मानिस बस्थे।

बुधबार अमेरिकाको फ्लोरिडामा मिल्टन आँधी आएको थियो। त्यसपछि धेरै क्षेत्र डुबानमा परेका छन्।

यसबाहेक ३० लाखभन्दा बढी घरमा विद्युत् कटौती भइरहेको छ। फ्लोरिडाको सेन्ट पिटर्सबर्गमा पिउने पानी छैन।

मिल्टन आँधीले गरेको विनाशपछि अधिकारीहरूले पानी आपूर्ति बन्द गर्नुपरेको थियो।

यो आँधी घातक साबित हुन सक्ने भन्दै तीव्र हावाले अचानक बाढी निम्त्याउन सक्ने चेतावनी दिएको छ।

अमेरिकी राष्ट्रिय तुफान केन्द्रका अनुसार उत्तरी एट्लान्टिकमा हालैका वर्षहरूमा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो।

असोज २४, २०८१ शुक्रबार ०८:३४:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।