कुन पिठमा कसरी फूलपाती भित्र्याइयो ? आठ तस्बिर

कुन पिठमा कसरी फूलपाती भित्र्याइयो ? आठ तस्बिर
हनुमान ढोका दरबारस्थित दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती बिहीबार भित्र्याइँदै। तस्बिर : रत्न श्रेष्ठ / रासस

बडा दशैँको सातौ दिन ब्यक्तीको घर-घरमा मात्रै हैन शक्तीपिठहरुमा समेत फूलपाती भित्र्याउने धार्मिक परम्परा रहेको छ।  हनुमानढोका दरबारमा रहेको दसैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती  भित्र्याइन्छ भने गोरखा दरबारसहित मौला कालिका, रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१ मा रहेको कालिका भगवती, संखुवासभामा रहेको मनकामना मन्दिर,जनकपुरधामको राजदेवीको मन्दिर लगायतमा पनि फूलपाती भित्र्याइयो। कहाँ, कसरी फूलपाती भित्र्याइयो? आठ तस्बिर।  

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको कालिध्वज गणले तारकेश्वर नगरपालिका-४ स्थित पुरानो गुह्ययेश्वरी मन्दिरमा बिहीबार फूलपाती पूजा गरी गण तफ फूलपाती भित्र्याइँदैै।

सुनसरीको इनरुवा नगरपालिका-९ स्थित भगवती मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै नेपाली सेना र सशस्त्र प्रहरीको टोली । तस्बिर : नवीन गड्तौला/रासस

जनकपुरधामको राजदेवीको मन्दिरमा बिहीबार फूलपाती भित्र्याउँदै मन्दिरका महन्त श्रीराम गिरीलगायत । तस्बिर : निरंजनकुमार साह/रासस

तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा बिहीबार फूलपाती भित्र्याउन डोली लिएर जाँदै नेपाल प्रहरीको टोली । तस्बिर : कृष्ण न्यौपाने/रासस

संखुवासभामा रहेको नेपाली सेना र नेपाल प्रहरीले मनकामना मन्दिर र फुलपाती चोकबाट ल्याएको फुलपातीलाई खांदबारीको टुँडिखेलमा पूजा आरधानापछि आ९आफ्नो कार्यालयमा भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी ।

बडादसैँको फुलपातीका दिन प्रसिद्ध बागलुङ कालिका मन्दिरमा बिहीबार फूलपाती भित्राइँदै । तस्बिर : खेमराज गौतम/रासस

बडादसैँ अन्तर्गत नवरात्रको सातौँ दिन बिहीबार गोरखा दरबारबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि पठाइएको फूलपाती। दरबारका सुसारेहरुले बिधिपूर्वक पूजाअर्चना गरी फूलपाती पठाइएको हो।

बडादसैँको सातौँ दिन बिहीबार रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ मा रहेको कालिका भगवतीको मन्दिरमा फूलपाती भित्र्याउँदै नेपाली सेना र नेपाल प्रहरी। तस्बिरः बलबहादुर ओली/रासस

 

असोज २३, २०८१ बिहीबार २२:३८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।