दशैंको मुखमा बाध्यताले विदेशिएकाहरूको संख्या ५५ हजार बढी

दशैंको मुखमा बाध्यताले विदेशिएकाहरूको संख्या ५५ हजार बढी

काठमाडौं : दशैं घरघरमा भित्रिरहेका बेला वैदेशिक रोजगारीका लागि जाने युवाको संख्यामा कुनै कमी आएको छैन। असोजमा परेको दशैं नमनाइ यही महिनाको २२ सम्म ५५ हजारले देश छाडेका छन्।

श्रमस्वीकृति लिएका मध्ये लगभग ५५ हजार युवा दशैं नमनाई विदेशिएका हुन्। गत वर्ष दशैं परेको महिना विदेश जानेको संख्या ५१ हजार थियो।

टिकट, भिसा र करार सम्झौता अनुसार बाध्य भएर वैदेशिक रोजगारी जानुपर्ने मात्र दशैंको मुखका विदेश गएका हुन्। वैदेशिक रोजगार विभागका अनुसार देखिन्छ असोजमा विदेश जानेमध्ये ७० प्रतिशत नयाँ छन्।

दशैंअघि साउन, भदौ र असोजमा वैदेशिक रोजगारीका लागि श्रमस्वीकृति लिनेको संख्या लगभग १ लाख ७३ हजार पुगेको छ। 

दशैंको मुखमा विदेश जानेभन्दा दशैं मनाउन स्वदेश आउनेको संख्या बढी हुने भएपनि परिवार छोडेर रोजगारीकै लागि विदेश जानेहरुको संख्या विमानस्थलमा अत्याधिक देखिन्छ। 

असोज २३, २०८१ बिहीबार १५:०५:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।