टुटेश्वर मन्दिर नजिकै २० वर्षीय युवतीको शव भेटियो

टुटेश्वर मन्दिर नजिकै २० वर्षीय युवतीको शव भेटियो

काठमाडौं : महोत्तरीको बर्दिबास नगरपालिका-५ टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ। 

मन्दिर नजिकको वनक्षेत्रमा अन्दाजी २० वर्षीया युवतीको शव आज फेला परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। 

कालो भेस्ट र नीलो जिन्स लगाएकी युवतीको हत्या भएको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए। 

प्रहरीले शव परीक्षणका लागि बर्दिबास अस्पताल लगेको छ। 

शव परीक्षण रिपोर्टले घटनाबारे अनुसन्धान गर्न थप सहयोग पुग्ने डिएसपी पोखरेलले बताए।  

असोज २२, २०८१ बुधबार २०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।