तीन अर्बमा बनेको रिसोर्टको उद्घाटन गर्न मन्त्रीहरूको लावालस्कर लिएर पुगे ओली-देउवा

तीन अर्बमा बनेको रिसोर्टको उद्घाटन गर्न मन्त्रीहरूको लावालस्कर लिएर पुगे ओली-देउवा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ-१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको उद्घाटन गरेका छन्। 

कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस रिसोर्टले मुलुकको पर्यटन, रोजगारी र सेवा क्षेत्र बढाउने भएकाले यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार हुनुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले कांग्रेसका सभापति देउवा आफ्ना ५० वर्षदेखिका पुराना मित्र तथा अप्ठ्यारा र अध्याँरा दिनमा भेटेका साथी भएको उल्लेख गर्दै आफूहरूले जेलमा रहँदा देखेको लोकतान्त्रिक, सुन्दर र सभ्य समाजको लक्ष्यलाई साकार पार्न अहिले राजनीतिक सहकार्य गरिएको बताए। 

सभापति देउवाले सुन्दर ठाउँमा स्थापित अन्तर्राष्ट्रिय चेन होटलका रूपमा रहेको सो रिसोर्टको अत्यधिक प्रचारप्रसार गरेर पर्यटक भित्र्याउनुपर्ने बताए। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको आकाश सुरक्षित छ भन्ने सन्देशसहित पर्यटन क्षेत्रको विकास गर्नुपर्ने दाबी गरे। 

अध्यक्ष विनिता थापा खड्काले बीस रोपनी जग्गामा तीन अर्ब ५७ करोडको लगानीमा १०४ कोठाको सो रिसोर्ट निर्माण भएको जानकारी गराइन्।  

कार्यक्रममा ओली, देउवाका अलावा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री लेखक, उर्जामन्त्री दीपक खड्कालगायतका भिआइपीहरूको उपस्थिति रहेको थियो।  

असोज २२, २०८१ बुधबार २०:०८:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।