रूससँग युद्ध चलिरहेको​​​​​​​ युक्रेनलाई इयूले ३५ अर्ब युरो ऋण दिनुको अन्तर्य के हो?

रूससँग युद्ध चलिरहेको​​​​​​​ युक्रेनलाई इयूले ३५ अर्ब युरो ऋण दिनुको अन्तर्य के हो?

एजेन्सी : युरोपेली संघ  (इयू)ले  युक्रेनलाई यस वर्षको अन्त्यसम्ममा ३५ अर्ब यूरोे नयाँ ऋण प्राप्त गर्ने तयारी गरेको युक्रेनफर्म समाचार एजेन्सीले इयूका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ। 

युरोपेली आयोगका कार्यकारी उपाध्यक्ष मारोस सेफकोभिकले ईयू सदस्य राष्ट्र र युरोपेली संसदले ऋणका लागि आवश्यक विधायी प्रक्रियाहरूलाई चाँडै अन्तिम रूप दिने अपेक्षा गरिएको छ।

ईयू युक्रेन र यसका जनताका लागि आवश्यक हुँदासम्म आफ्नो समर्थनमा अडिग रहने सेफकोभिकले बताए।  

गत महिना युरोपेली संघले घोषणा गरेको ऋणको उद्देश्य युक्रेनलाई रूससँग चलिरहेको द्वन्द्वको बीचमा तत्काल आर्थिक आवश्यकताहरू पूरा गर्न मद्दत गर्नु रहेको जनाइएको छ।

यो गत जूनमा जी-७ देशहरूले गरेको ५० अर्ब डलरको प्रतिबद्धताको हिस्सा हो। यसलाई फ्रिज गरिएको रूसी सम्पत्तिबाट ब्याज प्रयोग गरेर वित्त पोषण गरिनेछ।

असोज २२, २०८१ बुधबार १७:५०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।